रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिका १ पिप्रा भगवानपुर टोलस्थित सडकमा बुधबार राति सवारी साधनको ठक्करबाट ५५ वर्षीया मिरा देवी यादवको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटना पछि सवारी साधन र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
हाल प्रहरीले फरार चालक र सवारी साधनको खोजी गरिरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




