पर्सा । वीरगंज महानगरपालिका १६ स्थित भन्सार कार्यालयको छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सुनसरी घर भएका ५० वर्षीय कृष्ण सुबेदी शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सुबेदीको शव सडक छेउमा रहस्यमय अवस्थामा फेला परेको हो । घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान गरेको र घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक केही समयदेखि वीरगंज क्षेत्रमा बस्दै आएका थिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ । मृत्युको कारण यकिन नभएसम्म थप विवरण खुलाइएको छैन । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




