बारा । बाराको जीतपुर-सिमरा उपमहानगरपालिका २ जानकी टोलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले शनिबार दिउँसो उपमहानगरपालिका १ बस्ने ३० वर्षीय सुसन खाती सुनारसहित अन्य ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूकै कब्जामा नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनामा सम्बन्धित अन्य अनुसन्धान पनि अघि बढाइरहेको जनाएको छ ।




