धनुषा । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित भ्रमपुरा चोक नजिकैको एक फर्निचर उद्योग अगाडि सोमबार बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ ।
शवको परिचय खुल्न नसकेको र मृतकको नाम, थर तथा वतन हालसम्म नखुलेको प्रहरीले जनाएको छ । उनी फर्निचर उद्योग अगाडि मृत अवस्थामा भेटिएका हुन् ।
शव भेटिएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




