पर्सा । वीरगंज महानगरपालिका २४ रामगढवा टोलका २६ वर्षीय जाहिर अंसारीको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार अंसारी आफ्नै घर अगाडि ई-रिक्सा चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि उनलाई वीरगंजस्थित तराई हस्पिटलमा लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घटना बारे जानकारी प्राप्त हुना साथ प्रहरी टोली घटनास्थल पुगेको थियो र आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




