सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका १ सहनी टोलका ५६ वर्षीय असर्फी सहनी आफ्नै खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । स्थानीयले खेतमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरी टोलीले तत्काल अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ । मृत्युको कारण खुल्न नसकेको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




