महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित मेडिकल कलेज परिसर अन्तर्गत वृक्षारोपण गरिएको चौडी क्षेत्रमा एक युवकको शव फेला परेको छ ।
सोही नगरपालिका १० मुसहर बस्ती बस्ने ३० वर्षीय संजिव सदा सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शवको प्रकृति र घटनास्थलको स्थिति हेर्दा शंका लाग्दो रहेकाले घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जनकपुर पठाइएको प्रहरीले छ ।




