सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १ लच्कास्थित सडकमा सोमबार राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
को १ ख ५९३८ नम्बरको ट्याङकर र बा ८७ प १३७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक हरिवन नगरपालिका ४ सासापुरका ३१ वर्षीय राम बहादुर स्याङतान गम्भीर घाइते भएका थिए ।
घाइते स्याङतानलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि ट्याङकर चालकलाई नियन्त्रणमा लिइएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




