जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ३ निवासी २५ वर्षीय राहुल कुमार दासको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ न्यू कृष्णा डिस्पोजल उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेको हो ।
प्राप्त जानकारी अनुसार, कामको सिलसिलामा अचानक करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
धनुषा प्रहरीले घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी प्रवक्ताले भने, “घटनाको विस्तृत तथ्य संकलन भइरहेको छ ।”




