सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ६ सुखनिया टोलबाट कटुवा पेस्तोलसहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय हुलास पासवान सहित दुई जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले बुधबार राति उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनास्थलबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको छ ।
घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




