रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका १ स्थित एक उखु बारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार सर्लाहीको रामनगर गाउँपालिका ३ निवासी ६० वर्षीय रामजन्म दासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिएको छ र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र घटना बारे विस्तृत जानकारी सङ्कलन भइरहेको प्रहरीको भनाइ छ ।




