सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनाबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय राम कुमार साह छन् ।
सोमबार बेलुकी प्रहरी चौकी कठौनाबाट खटिएको टोलीले साहको घरमा तलासी गर्दा करिब २ किलो २५ ग्राम गाँजा फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
पक्राउ परेका साहमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




