सिराहा । सिरहा नगरपालिका १ शिवचोककी ३५ वर्षीया कल्पना यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउने क्रममा विद्युत मोटर सञ्चालन गर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो ।
करेन्ट लागेपछि उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




