महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डाका १६ वर्षीय अमित यादवको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान आफ्नै खेतमा विद्युतीय मोटरमा तार जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उनलाई उपचारका लागि पर्साको जानकी एकेडेमी लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
यस्तै दु;खद घटनाबाट सावधानी अपनाउन र विद्युत् उपकरण प्रयोग गर्दा सुरक्षा उपायहरू अनिवार्य रुपमा पालना गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।




