सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका १२ स्थित एक पोखरीमा एक अन्दाजी २२ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । मृत महिलाको नाम, थर र वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयवासीले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
महिलाको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । घटनाको कारण खुल्न बाँकी रहेकाले विस्तृत अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।




