सिराहा । सिरहा नगरपालिका १० नरहिया निवासी ४५ वर्षीया सबिता कामतीको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार राति आफ्नै घरमा बत्ति बाल्ने प्लगमा तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी कामतीको प्रादेशिक अस्पताल सिराहामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




