महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका ७ बनौलीस्थित सार्वजनिक पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । बुधबार बेलुकी डुबेर बेपत्ता भएका सोही ठाउँका ४० वर्षीय मुरारी झाको शव गएराति फेला परेको हो ।
घटना बारे सूचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय सहोड्वाबाट खटिएको प्रहरी टोलीले खोजी कार्य सुरु गरेको थियो । प्रहरीका अनुसार झा पोखरीमा डुबेर बेपत्ता भएका थिए । उनको शव खोजीका क्रममा फेला परेको हो । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




