पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित पर्सा राष्ट्रिय निकुञ्जको बखारी खोलाको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार फेला परेका मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । उनको उमेर करिब ४५ वर्षको हाराहारीमा रहेको अनुमान गरिएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान अघि बढाएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।




