बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २ रेल्वे लाइन टोलस्थित ४० वर्षीय सरोज कुमार कुर्मीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने करिब २ ग्राम ४० मिलिग्राम पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले बिहीबार साँझ कुर्मीको घरमा तलासी गर्दा सो लागूऔषध फेला परेको हो । लागूऔषधसहित पक्राउ परेका कुर्मीलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध कारोबार तथा सेवन नियन्त्रणका लागि बारा जिल्लामा निगरानी बढाएको बताउँदै यस विषयमा जो कोही पनि संलग्न पाइए कडा कारबाही हुने जनाएको छ ।




