बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलियामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय लाल बाबु मुखियाका १० वर्षीय छोरा सन्दीप मुखिया शुक्रबार दिउँसो सोही ठाउँस्थित बकुलियाको खोलामा डुबेका थिए ।
डुबेर गम्भीर रूपमा अशक्त भएका उनलाई तत्कालै उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खोलामा खेल्ने क्रममा असावधानीवश बालक डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाले स्थानीयमा शोक छाएको छ ।




