सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका ८ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीया चन्द्रकला देवी साहको शुक्रबार दिउँसो आफ्नै घरको पछाडिपट्टी जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गम्भीर अवस्थामा रहेकी उनलाई तत्कालै महोत्तरीस्थित जानकी एकेडेमी अस्पताल लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको र सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।




