पर्सा । पर्साको जिराभवानी गाउँपालिका ५ शंकरसरैया मुसहर टोलमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । स्थानीय २६ वर्षीय जितन माझीले आपसी वादविवादका क्रममा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको हो ।
कुटपिटबाट २४ वर्षीया श्रीमती अस्पतलिया देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना बारे खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार साँझ जितन माझीलाई पक्राउ गरेको जनाएको छ । हाल प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।




