सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरहिबिरपुरबाट खैरो हेरोइन जस्तो देखिने अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सप्तरी र लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय बिशाल राय र डाकनेश्वरी नगरपालिका ७ मझौरा निवासी ३५ वर्षीय मनोज राय रहेका छन् । स ८ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई प्रहरीले चेकजाँच गर्ने क्रममा करिब १ सय ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
हाल पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।




