पर्सा । पर्सा जिल्लाको धोबिनी गाउँपालिका १ घोर्दौलस्थित नेपाल–भारत सिमानामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भारत बिहारको खनिया टोल बस्ने ३५ वर्षीया सरोज देवी आइतबार ओरिया खोलाको छेउमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
शव भेटिएको स्थान नेपाल–भारत सिमानामा पर्ने भएकाले घटनाको प्रकृति र कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले शवलाई परीक्षणका लागि अस्पतालमा पठाएको छ भने घटनाको विस्तृत जानकारी संकलन गर्ने कार्य भइरहेको जनाएको छ ।




