सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ८ टाडीस्थित सडकमा बसबाट लडेर एक १३ वर्षीय बालकको ज्यान गएको छ । बिहीबार दिउँसो ग १ ख ९५६८ नम्बरको बसबाट लडेर गम्भीर घाइते भएका फैजान शेखको उपचारको क्रममा मृत्यु भएको हो ।
धनकौल गाउँपालिका ३ हरकठ्वा बस्ने निसार शेखका छोरा फैजान शेख बसबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




