सप्तरी । सप्तरीको रूपनी गाउँपालिका ३ कटैयामा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । शुक्रबार बिहान आफ्नै धान खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर ४२ वर्षीय शम्भु ईसरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ईसरलाई खेतमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेको थियो । घटनास्थलमै उनको ज्यान गएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




