महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । बिहीबार साँझ प्रदेश २–०२–००४ प ०१४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३५ वर्षीय अरूण मोची गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा मोचीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । तर शुक्रबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




