धनुषा । सर्लाही र धनुषामा पानीमा डुबेर तथा नदीको भेलमा बगेर छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका ६ मिर्जापुर बस्ने बिकाउ बैठाकी छोरी १६ वर्षीया रंगिला कुमारी बैठाको सोही ठाउँस्थित पुरानो मनुसमारा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
यस्तै धनुषा जनकपुरधाम उपमहानगरपालिका १७ स्थित ओसरा नदीले बगाएर हंसपुर नगरपालिका ६ तिल्ही बस्ने ६० वर्षीय इसरिया महराको आइतबार बिहान मृत्यु भएको छ । नदीले बगाएर अशक्त भएका उनको धनुषा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




