सर्लाही । सर्लाहीको हरिवन नगरपालिका १० सुखेपोखरीस्थित सडकमा प्र २-०३-०१९ प ५४०८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
साइकलयात्री सोही नगरपालिका १० ताइवान बस्ने दिनेश बुढाथोकीकी छोरी १५ वर्षीया दिपिका बुढाथोकीको आइतबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि वीरगंजतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




