रौतहट । रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ४ धनसारबाट करिब ९ किलो ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको टोलीले आइतबार दिउँसो ना ८० प ९८९३ नम्बरको मोटरसाइकलमा सवार बारा जिल्ला निजगढ नगरपालिका १२ बस्ने ३४ वर्षीय दिपक थिङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार चन्द्रनिगाहापुर क्षेत्रबाट थिङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट गाँजा बरामद गरिएको हो । पक्राउ परेका थिङलाई थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




