महोत्तरी । महोत्तरीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराह बस्ने ६५ वर्षीय मोकदम राय यादवको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै खेतमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




