सर्लाही । सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बागमती नगरपालिका १२ बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्बरको मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका ९ बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको हो । सोही घटनामा मोटरसाइकल चालक चौधरीको छोरा ३२ वर्षका दीपक चौधरी र २८ वर्षका रामरूप चौधरी घाइते भएका छन् ।
दुर्घटनामा परेर गम्भिर घाइते भएकी इनरवतीलाई उपचारका लागि तत्काल चन्द्रनिगाहापुर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । पूर्वपश्चिम राजमार्गबाट भरत तालतर्फ जाँदै गरेका उनीहरू सवार मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक सर्लाहीको ईश्वरपुर नगरपालिका ९ बस्ने २० वर्षीय विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको मुजफ्रपुर जिल्लाको मिनापुर ग्राम पञ्चायत १० बस्ने २० वर्षीय प्रेमकुमार भगत घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । दुवै जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको छ ।




