पर्सा । पर्सा जिल्लामा जेल सजाय भोगिरहेका एक कैदीको मृत्यु भएको छ । मृतक २८ वर्षीय राहुल साह कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भोगिरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार मंगलबार बिहान व्यायाम गर्ने क्रममा साह एक्कासी वान्ता गर्दै बेहोस भएका थिए । तत्पश्चात उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि मृतकका आफन्त र सुरक्षापक्षबीच छलफल भइरहेको छ । आफन्तहरूले मृत्युपछि विभिन्न आरोप समेत सार्वजनिक गरेका छन् भने प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ ।




