जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कानुन अनुरुप २० वर्षका लागि लिजमा लिएको जग्गामा नेपाल बार एशोसिएसन जनकपुरले अनावश्यक रुपमा हस्तक्षेप गरेपछि बार र संचारकर्मीहरु बिचमा विवाद सृजना भएको छ ।
मंगलबार वकिलहरुको आक्रमणमा परी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर रायसहितका पत्रकारहरु घाइते भएका छन् । उनीहरु प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर ४ स्वर्गव्दारा छेउमा नै रहेको ४ कठ्ठा जग्गा गुठि संस्थानसँग लिजमा लिएर भवन बनाउने तयारी गरिरहेको अवस्थामा बार एसोसिशएसन जनकपुरधामका अधिवक्तहरुले अवरोध सृजना गरेपछि झडपको अवस्था सृजना भएको थियो ।
सो जग्गा महासंघले प्राप्त गरेपछि अधिवक्ताहरुले सो जग्गामा आफ्नो गाडी राख्न थालेका थिए । महासंघले जग्गा प्राप्त पूर्व खाली ठाँउ रहेको जग्गा महासंघले जग्गा लिएर भवन निर्माणको लागि जग्गा समाउन थालेपछि उनीहरुले पार्किंङ गर्न थालेका थिए ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले सो जग्गा आफूहरुको रहेको र वैधानिक रुपमा प्राप्त गरेपछि अनावश्यक रुपमा बारले बखेडा सृजना गरेको जानकारी दिए ।




