धनुषा । जनकपुरधाम उपमहानगरपालिका ७ दुर्गा चोकस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
मंगलबार बेलुकी जिरोमाइलबाट रामानन्द चोकतर्फ जाँदै गरेको म प्र ०२–००८ प ५६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक नगराइन नगरपालिका ९ घोडघासका २६ वर्षीय असलम साफी गम्भीर घाइते भएका थिए ।
घाइते साफीलाई तत्कालै उद्धार गरी उपचारका लागि गोदावरी अस्पताल, जनकपुर ल्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ । दुर्घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




