सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका १ त्रिकोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो आफ्नै घरमा सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लाग्दा ४० वर्षीय धुपेन्द्र बिराजी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै उपचारका लागि भारदह अस्पताल पुर्याइएको थियो तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




