बारा । बाराको पचरौता नगरपालिका ७ बेनौलीमा बुधबार बिहान करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा पानी तान्नका लागि जोडिएको तारबाट करेन्ट लाग्दा ६० वर्षीय गुलाव राय यादव गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि कबहीतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




