काठमाडौं । काठमाडौंमा मममा धातुको औंठी भेटिएपछि सुन्धारास्थित धरहरा टपरी ममलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
महानगरको कृषि तथा खाद्य विभागका प्रमुख तथा निरीक्षण अधिकृत नुरनिधि न्यौपानेका अनुसार, उक्त व्यवसायले पटक पटक निर्देशन उल्लंघन गर्दै खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरेको पाइएको हो ।
महानगरले जरिवाना रकम सात दिनभित्र बैंकमा जम्मा गरी रसिदसहित कार्यालयमा उपस्थित हुन व्यवसायीलाई आदेश दिएको छ । साथै आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड अनुसार उत्पादन तथा बिक्री वितरण गर्न व्यवस्था मिलाउन चेतावनी समेत दिइएको छ ।




