सप्तरी । सप्तकोशी नगरपालिका ४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभूमी गाउँपालिका ३ का २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका १ का २८ वर्षीय आएन राई रहेका छन् ।
प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित फेला पारेको हो । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




