रौतहट । रौतहटको परोहा नगरपालिका ६ बसन्तपट्टी टोल बस्ने १६ वर्षीय राहुल कुमार पंडितको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोडहीमाई हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




