सिराहा । सिराहाको लहान नगरपालिका १९ छरापट्टीस्थित सडकमा मोटरसाइकल ठक्कर खाँदा एक पैदलयात्रीको मृत्यु भएको छ । शनिबार राति बीआर ३२ एसी ४१२९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लहान नगरपालिका २३ गढीया निवासी ५५ वर्षीय लखन मोती गम्भीर घाइते भएका थिए ।
उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । ठक्कर दिएर मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




