सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका ८ चादनी चोकस्थित चन्द्र नहरमा शनिबार ५० वर्षीय गोबिन्द चौधरी मृत अवस्थामा फेला परेका छन् । उनी सोही नगरपालिका ७ बलुवा चोकका बासिन्दा थिए ।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ । शव परीक्षणपछि मृत्युको कारण बारे स्पष्ट जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।




