रौतहट । रौतहट र सर्लाही जिल्लामा छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । रौतहटको गौर नगरपालिका ५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा सप्तरी कल्याणपुर नगरपालिका ५ बस्ने ५५ वर्षीय उपेन्द्र भगत सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सर्लाहीको ईश्वपुर नगरपालिका ८ मनर्हवास्थित सडकमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




