धनुषा । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरचोकमा सोमबार बेलुकी सवारी ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । हाल नाम, थर र वतन नखुलेका करिब ५५ वर्षीय पुरुषलाई अज्ञात सवारी साधनले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लालगढस्थित मोडल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधनको खोजी भइरहेको र घटना बारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




