पर्सा । वीरगञ्ज महानगरपालिका ३२ चोर्नी परसवास्थित नारायणी स्टिल कारखानामा काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवाना बस्ने २२ वर्षीय उपेन्द्र चौधरीलाई बुधबार बिहान बट व्याल्डिङ मेसिनमा काम गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका चौधरीलाई तत्कालै उपचारका लागि नारायणी सेन्ट्रल अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




