धनुषा । धनुषाको बटेश्वर गाउँपालिका ४ कृष्ण चोक नजिक बाटो छेउमा बिहिबार अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीय बासीले शव फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
मृतकको नाम, थर र वतन हालसम्म नखुलेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक निरीक्षणका आधारमा मृतकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ ।




