बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ३ सय २० ग्रामसहित चितवन राप्ती नगरपालिका १ बस्ने ४२ वर्षीय सन्चलाल चेपाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा प्र ०६-००१ ज ००४२ नम्बरको गाडीमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




