सिराहा । सिराहाको मिर्चैया नगरपालिका ६ कटारी चोकबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले २ सय मिलिग्राम लागूऔषधसहित उदयपुर, कटारी नगरपालिका २ खोक्सा टोलका २८ वर्षीय चेत बहादुर पौडेललाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पौडेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको प्रहरीले जनाएको छ ।




