सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका ७ मुसहरी टोलमा ईरिक्साको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार साँझ देउरीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको ईरिक्साले ठक्कर दिँदा एक बालकको निधन भएको हो ।
भारत बिहार मधुवनी ग्राम पंचायत निन्दरपुरका राजकुमार सदायका पाँच वर्षीय छोरा आरजे सदाय गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ईरिक्सा चालकलाई नियन्त्रणमा लिइएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




