सप्तरी । सप्तरीको कन्चनरूप नगरपालिका ६ घोगनपुरमा आइतबार दिउँसो एक पुरुषको नहरमा डुबेर मृत्यु भएको छ । सोही स्थानका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सत्रुधन सरदार चन्द्र नहरमा नुहाउने क्रममा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




